Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

टोकियो – गल्कोट स्पोर्ट्स क्लब टोकियो जापानको चौथो अधिवेशन आउँदो मंगलबार हुने भएको छ । ‘स्वास्थ्यका लागि खेल, राष्ट्रका लागि खेल’ भन्ने मुख्य नाराका साथ सन् २०१५मा स्थापना भएको क्लबको अधिवेशन यही डिसेम्बर २१ तारिख (मंगलबार) हुने भएको हो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

स्थापना कालदेखि जापानमा हरेक वर्ष मैत्रीपूर्ण भलिबल प्रतियोगिता आयोजना गर्दै आइरहेको क्लबले कोरोनाका कारण गत वर्ष भलिबल प्रतियोगिता गर्न नसकेपनि यस वर्ष भने मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न गरेको थियो । जापानमा रहेर पनि नेपाली खेलमा उल्लेख्य योगदान दिएका व्यक्ति तथा संस्थालाई सम्मान गर्दै आएको क्लबले टोकियोमा रहेका युवाहरूमा खेलका माध्यमबाट एकअर्कामा परिचित हुने र आपसी सम्बन्ध प्रगाढ गराउने कार्यमा सहयोग गर्दै आएको छ हो ।

साथै प्रतियोगिताबाट भएको आम्दानीबाट नेपालमा खेलकुदसँग सम्बन्धित क्षेत्रका लागि सहयोग पनि गर्दै आएको छ । विशेष बागलुङको गल्कोट क्षेत्रबाट जापानको टोकियोमा विभिन्न पेसा व्यवसाय तथा रोजगारीमा संलग्न युवाहरूको साझा संस्थाका रूपमा रहेको क्लब छोटो समयमा नै जापानवासी नेपालीबीच लोकप्रिय हुँदै गएको क्लबको भनाई छ ।

अधिवेशनमा सम्पूर्ण संरक्षक, सल्लाहकार पदाधिकारी, सदस्य एवं शुभचिन्तकलगायतलाई उपस्थितका लागि क्लबले अनुरोध गरेको छ । अधिवेशन ओमोरीस्थित सारङ्गी नेपाली रेष्टुरेण्टमा दिनको १ बजेबाट शुरु हुनेछ ।

तपाईको प्रतिक्रिया