Deneme Bonusu Veren Siteler
आइतबार, फाल्गुण ०४, २०८१
Sunday, February 16, 2025

काठमाडौं – प्रमुख प्रतिपक्षी माओवादीसहितका सात विपक्षी दलले प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारप्रति गम्भीर आपत्ति जनाउँदै राजीनामा दिनु उपयुक्त हुने बताएका छन् । सरकार सञ्चालनमा नैतिक आधार गुमेको दाबी गर्दै उनीहरूले यस्तो बताएका हुन् ।

वर्गीकृत विज्ञापन

मासिक तलव ४० मान येन
काम: कोरियन याकिनिकु रेष्टुरेन्ट (किचन) - जापानी नगारिकता लिएको वा एइज्यूकेन भएको हुनुपर्ने - जापानी भाषाको लेभल N-3 सम्मको भए हुने - कामको अनुभव अनिवार्य
सम्पर्क: 080-2041-9550
भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314
जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको
सम्पर्क: 080-4150-5314
डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार सञ्चालनको नैतिक आधार गुमेकोलाई विपक्षी दलहरू सरकारमा जान हतारिएको अर्थमा बुझ्न नहुने बताए । ‘गठबन्धन गर्दा जे भनेर गरिएको थियो, ती काम केही पनि अगाडि बढेका छैनन् । संविधान संशोधन त अझ प्रधानमन्त्री आफैँले ०८७ मा मात्रै हुन्छ भनिसके । अन्य सुशासनबारे भनिएका कुरामा पनि उल्टो गतिविधि गरिसकेपछि सरकारले त्यो नैतिक अधिकार गुमाएको छ,’ प्रचण्डले भने, ‘नैतिकताका आधारमा सरकारले राजीनामा दिनु नै उचित हुन्छ । त्यसको अर्थ हामी सरकारमा जान हतारिएको भन्नेचाहिँ लाग्दैन ।’

विपक्षी गठबन्धनले सरकारमाथि गम्भीर प्रकृतिका कानुनहरू अध्यादेशमार्फत जारी गर्दै संसदलाई बेवास्ता गरेको आरोप लगाएको छ । यस्ता गतिविधिले लोकतान्त्रिक मूल्य-मान्यतामाथि आघात पुर्‍याएको उनीहरूको तर्क छ । साथै, विगतमा अघि बढाइएका गिरीबन्धु टी इस्टेट, नक्कली भुटानी शरणार्थी प्रकरण, बालमन्दिरको जग्गा अनियमितता लगायतका मुद्दाहरूलाई सरकारले लुकाउन खोजेको र भ्रष्टाचारमा मुछिएका सत्तारूढ दलका नेता-कार्यकर्तालाई उन्मुक्ति दिन खोजेको विपक्षीहरूको निष्कर्ष छ ।

विपक्षी गठबन्धनले संसद् अधिवेशन बोलाउन सरकारलाई तत्काल आग्रह गर्दै बेवास्ता भएमा विशेष अधिवेशनको माग गर्ने चेतावनी दिएको छ । अध्यक्ष प्रचण्डले भने, ‘संसद्को नियमित प्रक्रिया बेवास्ता गरेर अध्यादेशको सहारामा शासन गर्ने काम सरकारले गर्दा लोकतान्त्रिक प्रणालीमाथि प्रहार भइरहेको छ। अब विशेष अधिवेशनको माग पूरा नभए सडक संघर्षमा उत्रन बाध्य हुने छौं ।’

Samudrapari.com is No. 1 Nepalese online News Portal based in Japan established in the year 2006.

तपाईको प्रतिक्रिया