समाचार सुन्नुहोस :
काठमाडौँ – पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई नयाँ भ्रष्टाचार मामिलामा १४ वर्ष जेल सजाय सुनाइएको छ। यो सजाय, उनका जीवनको सबैभन्दा लामो कारावास अवधि हो। खान गत वर्ष अगस्टदेखि नै हिरासतमा छन् र उनीमाथि सयभन्दा बढी मुद्दा दायर गरिएको छ।
पछिल्लो प्रकरणमा, खान र उनकी पत्नी बुशरा बिबीमाथि अल-कादिर ट्रस्टमार्फत एक रियल स्टेट व्यवसायीसँग घूसस्वरूप जग्गा लिएको आरोप लागेको छ। यो ट्रस्ट इमरान खान प्रधानमन्त्री हुँदा स्थापना गरिएको थियो। अधिकारीहरूले यो प्रकरणलाई पाकिस्तानको सबैभन्दा ठूलो भ्रष्टाचार मुद्दा भनेका छन्।
अनुसन्धान अनुसार, खानले बेलायती नेशनल क्राइम एजेन्सीबाट फिर्ता भएका १९० मिलियन पाउन्ड घूसस्वरूप लिएको आरोप छ। तर, खानको दल पाकिस्तान तहरीक-ए-इन्साफ (पीटीआई)ले उक्त जग्गा ट्रस्टलाई आध्यात्मिक शिक्षा केन्द्रका लागि दान गरिएको र कुनै व्यक्तिगत लाभ नलिएको दाबी गरेको छ। उनकी पत्नी बुशरा बिबीलाई पनि सात वर्षको जेल र दुई हजार पाउन्ड जरिवाना सुनाइएको छ।