शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

टाेकियाे – जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेले चीनले ताइवानमाथि आक्रमण गरे अमेरिका र जापान चुप लागेर नबस्ने चेतावनी दिएका छन् । आज एक थिंक ट्यांकलाई दिएको भर्चुअल भाषणमा आबेले यस्तो चेतावनी दिएका हुन् ।

इवानको संकट जापानको पनि संकट हुने आबेको भनाई छ । ‘ताइवानको संकट जापानको पनि संकट हो । यस्तो अवस्थामा जापान-अमेरिका गठबन्धनका लागि पनि संकटकालजस्तै हुनेछ । चिनियाँ राष्ट्रपति सी जिनपिङलाई भ्रम नरहोस् कि अमेरिका र जापानले साथ दिनेछ,’ उनले भने ।

अघिल्लो वर्ष प्रधानमन्त्रीको पद छोडेपछि आबे जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका सबैभन्दा ठूलो गुटका प्रमुख हुन् र उनलाई पार्टीभित्र निकै प्रभावशाली मानिन्छ । –रोयटर्स

तपाईको प्रतिक्रिया