Deneme Bonusu Veren Siteler
शनिबार, पौष १३, २०८१
Saturday, December 28, 2024

टोकियो – सुशी भन्दा बित्तिकै मानिसहरु जापान सम्झने गर्दछन् । भातमा बिभिन्न प्रकारका काचो माछा, तरकारी राखिएको सुशी जापानको आइकनिक व्यंजन हो । तर वास्तवमा सुशी जापानमा मात्र नभई विश्वभर एक परिचित खाना बन्न पुगेको छ । जापानमा कोम्बिनी देखि रेस्टुरेन्टहरुमा पाइने सुशीलाई जापान बाहिर भने फेन्सी फुडको रूपमा लिइन्छ ।

जापानमा सुशी खान इडो अवधि (१६०३-१८६८) को अन्त्यतिर शुरू गरेको देखिन्छ । सुशीमा कच्चा माछा र मासु बाहेक अन्य विभिन्न सामग्रीहरू जस्तै तरकारी, अण्डा पनि प्रयोग हुने गर्दछ । जापानमा फास्ट फूडमा वर्गीकृत सुशीका धेरै प्रकार छन् ।

सामान्यतया मानिसहरु साल्मोन सुशी निकै रुचाउने गर्दछन् । प्राय: सबै सुशी पसलको मेनूमा साल्मोन सुशी भेटिने गर्दछ । पहिले जापानमा साल्मोनलाई सुशीको टपिङ्गको रुपमा प्रयोग गर्ने परम्परा थिएन । सुशीको मेनूमा साल्मोन टपिङ्ग नयाँ थपिएको हो । ८० को दशक तिर नर्वेले साल्मोन सुशी राम्रो विकल्प हुन सक्ने सुझाव दिएर जापानी सुशी बजारमा साल्मोन सुशीको परिचय दिएको पाइन्छ ।

नर्वेले आफ्नो देशमा भएको साल्मोनको लागि नयाँ बजार खोजि गर्ने क्रममा जापानको सुशी बजारलाई लक्षित गरि जापानी बजारमा नर्वेली साल्मोन निर्यात सुरु गरेको थियो । छोटो अवधिमा साल्मोन सुशीको लोकप्रियता उल्लेखनीय छ । यद्यपि यो कुनै सजिलो काम थिएन । सुरुमा जापान नर्वेको साल्मोन कच्चा उपभोगका लागि एकदम तयार थिएन । साल्मोनको रंग, गन्ध, आकार सुशीको लागि अनुपयुक्त हुने गुनासो धेरै थियो । साथै जापानीहरूले सयौं वर्षदेखि साल्मोन खाईरहेको भएता पनि यहाँ साल्मोनलाई काचो खानु हुन्न भन्ने मान्यता थियो । तर समय बित्दै जाँदा माछा प्रेमी राष्ट्र जापानमा साल्मोन सुशीको परम्परामा समावेश भयो । समुद्री खाना कम्पनी मारुहा निचिरोको  सर्वेक्षण अनुसार हाल साल्मोन सबैभन्दा लोकप्रिय नेटा (सुशीको टपिङ्ग) बनेको छ।

अझै पनि धेरै पुराना पुस्ताका जापानीहरु परम्परागत सेतो माछा, टुना माछा नै रोज्ने गर्दछन्  र युवा पुस्ताले भने साल्मोन मनपराउँछन् ।

तपाईको प्रतिक्रिया