शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडाैं – चलचित्र उद्योगमा केही स्टारहरू यति लोकप्रियता छन् कि उनीहरूको नामले नै चलचित्र हिट हुने पक्का हुन्छ । यसको बदलामा उनीहरूले परिश्रमिक रकम पनि ठूलै माग गर्छन् ।

यो सूचीमा ‘बाहुबली’ जस्तो सुपरहिट चलचित्र दिने तेलुगू सुपरस्टार प्रभास पनि छन् । प्रभासले आफ्नो नयाँ चलचित्र ‘आदिपुरुष’का लागि ठुलो रकम लिएका छन् । भारतीय सञ्चारमाध्यमकाअनुसार प्रभासले ‘आदिपुरुष’ र ‘स्प्रिट’ का लागि भारु १५० करोड लिएका हुन् ।

१० वर्ष यताको बलिउड बजारलाई हेर्दा उनी सबैभन्दा धेरै पारिश्रमिक लिने तेस्रो अभिनेता बनेका छन् । ‘सुल्तान’ र ‘टाइगर जिन्दा हे’ का लागि सलमानले १०० करोडभन्दा धेरै पारिश्रमिक लिएका थिए । यस्तै, चलचित्र ‘बेलबटम’का लागि उनले १ सय करोड बढी पारिश्रमिक लिएका थिए । –नवभारत टाइम्सबाट

तपाईको प्रतिक्रिया