Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025
काठमाडौँ – जारी टी–२० विश्वकपअन्तर्गत भारत र पाकिस्तानबीचको खेल १६ करोड ७० लाख दर्शकले हेरेको प्रतियोगिताको आधिकारिक प्रसारणकर्ताले दाबी गरेका छन् । यो टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा बढी दर्शकले हेरेको खेल बनेको छ । भारत र पाकिस्तानले करिब २ वर्षपछि प्रतियोगितामा एक अर्काेसँग सामना गरेका थिए ।

स्टार इन्डियाले दावा गरेको छ कि पछिल्लो सातासम्म क्वालिफायर र सुपर १२ को सुरुआती १२ खेलमा कुल २३ करोड ८० लाख दर्शकसंख्या पुगेको थियो । यसअघि २०१६ आईसीसी विश्व टी–२० सेमिफाइनल भारत र वेस्टइन्डिजबीच भएको थियो । उक्त सेमिफाइनलमा पनि दर्शकको रेकर्ड रचित भएको थियो । तर, यसपालि भने भारत र पाकिस्तानको खेलका दर्शकसंख्याले उक्त रेकर्डलाई पछि पारेको छ ।

जारी टी–२० विश्वकपको समूह २ को खेलमा पाकिस्तानले भारतलाई १० विकेटले हराएको थियो । पाकिस्तानका तर्फबाट बाबर आजम र मोहम्मद रिजवानले शतकीय साझेदारी गरेका थिए । यो पाकिस्तानको भारतविरुद्ध विश्वकपमा पहिलो जित समेत थियो । यसअघि विश्वकपमा १२ खेलमा भारतसँग पाकिस्तान पराजित भएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया