Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौं  इंग्ल्यान्ड आईसीसी टी २० विश्वकपको सेमिफाइनलमा पुगेको छ। सोमबार रातिको खेलमा श्रीलंकाविरुद्ध ३६ रनको जित निकाल्दै इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा पुगेको हो।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

टस हारेर ब्याटिङको निम्तो पाएको इंग्ल्यान्डका जस बटलर र इयोन मोर्गनबाहेक अन्य खेलाडीले भने सम्झनलायक प्रदर्शन गरेनन्। बटलरले ६७ बलमा अविजितले १०१ रन बनाए भने मोर्गनले ४० रनको योगदान दिए।

यससँगै इंग्ल्यान्डले चार विकेट गुमाएर १६३ रन बनाएको थियो। बलिङमा श्रीलंकाका वानिन्दु हसरंगाले तीन र दुषमन्था चमिराले एक विकेट गिराए।जवाफी ब्याटिङमा श्रीलंका खराब सुरुआत गर्दै १९ ओभरमै सम्पूर्ण विकेट गुमाएर १३७ रनमा समेटियो। यससँगै इंग्ल्यान्डले ३६ रनको जित निकालेको हो। श्रीलंकाका दसुन शंकरा र भानुका राजापक्षेले समान २६-२६ रन जोडे।

बलिङतर्फ इंग्ल्यान्डका मोइन अली, आदिल रसिद र क्रिस जोर्डनले समान २-२ विकेट गिराए भने क्रिस वोक्स र लियन विविन्स्टोनले पनि एकएक विकेट लिए।

सुपर १२ को समूह १ मा इंग्ल्यान्डले चार खेलमा सतप्रतिशत जितका साथ आठ अंक बनाएको छ। दोस्रो र तेस्रो स्थानमा रहेका अष्ट्रेलिया र दक्षिण अफ्रिकाको समान ४-४ अंक छ। नेट रन रेटका आधारमा अष्ट्रेलिया दोस्रो स्थानमा छ।

यता गएराति पराजित श्रीलंका भने समूह चरणबाटै बाहिरिएको छ। उसले चार खेलमध्ये तीनमा हार र एक खेलमा मात्र जित निकालेको छ। समान तीन खेलमा हार बेहोर्नेमा बंगलादेश पनि छ।

विश्वकपमा मंगलबार बंगलादेशले दक्षिण अफ्रिकाको सामना गर्नेछ भने नामिबियाले पाकिस्तानको सामना गर्नेछ।

तपाईको प्रतिक्रिया