Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौँ – आईसीसी टि–२० विश्वकपमा न्युजिल्यान्डले पहिलो जित हात पारेको छ । न्युजिल्याण्डले सुपर १२ को समूह ‘२’ अन्तर्गत आइतबारको खेलमा भारतलाई ८ विकेटले पराजित गरेको हो ।  भारतले दिएको १११ रनको लक्ष्य न्युजिल्यान्डले १४.३ ओभरमा मात्र २ विकेट गुमाएर पूरा गर्‍यो ।

न्युजिल्यान्डको जितमा डेरिल मिचेलले सर्वाधिक ४९ रन बनाए । मार्टिन गुप्टिलले ३३ रनको योगदान दिँदा कप्तान केन विलियमसन ३३ रनमा अविजित रहे । भारतका लागि दुवै विकेट जसप्रित बुमराहले लिए ।

यसअघि दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर ११० रन बनाएको थियो । न्युजिल्यान्डको कसिलो बलिङसामू कुनै पनि भारतीय ब्याटरले खुलेर खेल्न सकेनन् । उसका लागि रविन्द्र जडेजाले अविजित रहँदै सर्वाधिक २६ रन बनाए । हार्दिक पाण्ड्याले २३ रन बनाउँदा केएल राहुलले १८ रन जोडे ।

भारतलाई सस्तैमा समेट्न ट्रेन्ट बोल्टले ३, इस सोधीले २ तथा टिम साउदी र एडम मिल्नेले १÷१ विकेट लिए ।   यो जितसँगै २ खेलमा २ अंक जोडेर समूह ‘२’ को तेस्रो स्थानमा उक्लिएको न्युजिल्यान्डले सेमिफाइनल सम्भावना कायमै राखेको छ । पहिलो खेलमा न्युजिल्यान्ड पाकिस्तानसँग ५ विकेटले पराजित भएको थियो । लगातार दोस्रो हार बेहोर्दै विना अंक समूहको पाँचौं स्थानमा रहेको भारतका लागि सेमिफाइन यात्रा कठिन बनेको छ ।  पहिलो खेलमा भारत पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया