शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं — उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनकी बहिनी किम यो जोङले उत्तर कोरिया ‘कोरियाली युद्ध’ अन्त्य गर्न तयार रहेको बताएकी छन्। कोरियाली युद्धबारे आधिकारिक रूपमा प्रतिक्रिया दिँदै उनले शर्तहरू पुरा भएमा युद्ध अन्त्य गर्ने बताएकी हुन्।

सन् १९५३ मा भएको युद्धमा शान्ति सम्झौताबिना युद्धविराम गर्दै प्रायद्धिप क्षेत्रको कोरिया दुई भागमा विभाजित भएको थियो। त्यसयता दुवै मुलुकबिच द्वन्द्व जारी छ भने कहिलेकाहीँ दुई देशबिच तनावपूर्ण अवस्था सिर्जना हुने गरेको छ।

यसै साता दक्षिण कोरियाका राष्ट्रपति मुन जेइले दुवै कोरियाली राष्ट्रलाई औपचारिक रुपमा द्वन्द्व अन्त्य गरी प्रायद्धिप क्षेत्रमा शान्ति स्थापना गर्न प्रस्ताव गरेका थिए। उत्तर कोरियाली मन्त्रीले सो प्रस्ताव अपरिपक्व भएको भन्दै युद्ध समाप्तीको अस्वीकार गरेका थिए।

तर किमले अकल्पिनीय रूपमा शुक्रबार एक विज्ञप्ति जारी गर्दै दक्षिण कोरियाको प्रस्ताव स्वागतयोग्य भएको बताएकी छन्। ‘यद्यपि, दक्षिण कोरिया र उत्तर कोरियाबिचको शर्तहरू पुरा भएमा मात्र कोरिया युद्ध समाप्त हुनेछ’ विज्ञप्तिमार्फत उनले भनेकी छन्, ‘शर्तबमोजिम दक्षिण कोरियाले बहुरुपी सम्झौताहरू त्याग्नुपर्नेछ, अव्यवहारिक पूर्वाग्रहहरू र खराब आचरणसमेत त्याग्नुपर्नेछ। साथै आत्मरक्षाको नाममा हुने गरेको शत्रुतापूर्ण व्यवहारहरू र गतिविधिहरू रोक्नुपर्नेछ।’

तपाईको प्रतिक्रिया