शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – १८ महिने बालकको टाउकोमा प्रेसर कुकर अड्किएपछि हङगामा भएको छ । प्रेसर कुकरसँग खेली रहेका बालकको टाउको कुकरभित्र अड्किएपछि बच्चा निक्कै आत्तीएका थिए । यो घटना भारतको उत्ततर प्रदेशको आगराको हो ।

बालकको टाउकोमा प्रेसर कुकर अड्किएपछि बच्चालाई उनको परिवारले नजिकैको अस्पतालमा लगेका थिए । अस्पतालमा पनि कुकरबाट बच्चाको टाउको निकाल्न दुई घण्टा लागेको थियो । डक्टरहरुले पहिले हातले नै कुकर निकाल्न प्रयास गरेका थिए तर नसकेपछि उनीहरुले भाँडा काट्ने मेसिनले कुकर काटेका थिए ।

तपाईको प्रतिक्रिया