सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडाैं – तालिबानले देश छाडेर जाने लागेका हिन्दु र शिखहरुको एक समूहलाई रोकेको छ । भारतीय मिडियामा आएका खबर अनुसार यस समूहमा अफगानिस्तानको संसदमा अल्पसंख्यकबाट प्रतिनिधित्व गर्ने २ जना सांसदसमेत थिए ।

शनिबार भारतीय वायुसेनाको विमानमार्फ भारत आउन लाग्दा उनीहरुलाई तालिबानले रोकेका हुन् । करिब ७० जनाको समूहमा रहेका हिन्दु र शिखको यो समूह देश छोड्नका लागि करिब १२ घण्टादेखि काबुल एयरपोर्टबाहिर कुरेर बसेको थियो । शनिबार भारतीय वायु सेनाको जहाजमा चढ्न लाग्दा उनीहरुलाई तालिबानले रोकेका थिए।

तालिबानले ती हिन्दु र शिखहरुलाई तिमीहरु अफगानी भएकाले देश छाड्न पाउँदैनौ भन्दै विमानमा जाने रोकेका थिए । तालिबानको अवरोधपछि त्यो समूह काबुलमा रहेको गुरुद्वारेमा गएको छ ।

तपाईको प्रतिक्रिया