शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

ओसाका – एनआरएनए जापानको दशौँ अधिवेशन ओसाकामा सम्पन्न भएको छ । निर्धारित समय भन्दा एक घण्टा ढिला गरि सुरु भएको अधिवेशन तनावपूर्ण वातावरणका बिच सम्पन्न भएको हो ।

भ्रष्टाचार अनि अनियमिताको आरोप खेपिरहेका निलम्वित एनआरएनए जापानका अध्यक्ष देविलाल भण्डारी भने अधिवेशनमा उपस्थित भएनन् । त्यसैले पनि सबै दोषहरु भण्डारीतर्फ लगाउन आयोजकलाई सजिलो भएको थियो । कार्यक्रममा जापानमा रहेका १२ वटै क्षेत्रीय समितिका संयोजकहरुलाई परिचयसहित बोल्ने अवसर दिइएको थियो । सबै क्षेत्रीय समितहरुले एनआरएनए केन्द्रको गतिविधीले लाज लागेको बताए । कार्यक्रममा वक्ताहरुले एनआरएनए आफ्नो लक्ष्य अनुसार अगाडि बढ्न नसकेकोमा चिन्ता व्यक्त गरे ।कार्यक्रममा आर्थिक प्रतिवेदन तथा कार्य प्रतिवेदन हलबाट विरोधका बाबजुत पास गरिएको बताइएको छ । कार्यक्रममा एनआरएनएका पूर्व अध्यक्ष देवमान हिराचनले एनआरएनएको पछिल्लो गतिविधीले आफूलाई दुःखीत बनाएको बताउँदै एनआरएनएलाई सहि ट्राक्कमा ल्याउन जरुरी भएको बताए । विवादका कारण अधिवेशनमा हात हालाहालको स्थिति आएको थियो । विवाद मिलाउन हिराचनलाई हम्मे-हम्मे परेको थियो । कार्यक्रम एनआरएनए जापानकी वरिष्ठ उपाध्यक्ष एवं कार्यवहाक अध्यक्ष अनिता गुरुङ्गको अध्यक्षता तथा महासचिव जनकविक्रम शाहीले सञ्चालन गरेका थिए ।यसैबीच एनआरएनए जापानको निर्वाचन जुलाई २७ मा तय भएपनि जुलाई १३ तारिकमा भएको ट्राईल भोटिंगमा कतिपय सदस्यहरुलाई भोटिंग लिंक नगएको र सदस्यहरुको ईमेलमा देखिएको परिवर्तनलाई सच्याउन मौका दिनुपर्ने भएको भन्दै बसेको अन्तिम कार्यसमितिको विशेष बैठकले निर्वाचनलाई यही जुलाई ३० तारिकमा सार्ने निर्णय गरेको इमेलमार्फत आयुक्तलाई जानकारी गराइएको थियो । तर निर्वाचन समितिले त्यसलाई ठाडै अस्वीकार गर्दै निर्वाचन तोकिएकै मितिमा हुने बताएको छ ।निर्वाचन समितिले विज्ञप्तिमार्फत कार्य समितिको निर्णयानुसार जुलाई ३० तारिखमा मतदान गराउने, तर यसका लागि सम्पूर्ण उम्मेदवारहरूको सहमति चाहिने बताएको छ । तर अहिले सबै उमेदवारले त्यसो गर्ने देखिदैन । निर्वाचन समितिको साविककै कार्यक्रम अनुसार जुलाई २७ मा मतदान गराउने, जुलाई २७ मा मतदान गराउन नसकिने स्थितिमा निर्वाचन समितिले राजीनामा गरि अनुगमन समिति अथवा अन्तर्राष्ट्रिय समन्वय समितिलाई सम्पूर्ण निर्वाचन प्रकृया जिम्मा लगाउने बताईएको छ ।

निर्वाचा समितिले भन्छ, ‘मतदान मिति ३० जुलाईमा सार्ने बारेमा उम्मेदवारहरूको अन्तिम नामावलीमा नाम रहेका सम्पूर्ण उम्मेदवारहरूको राय बुझ्न चाहेका छौँ र यसका लागि एउटा गूगल फारामको प्रयोग गरि सोधपुछ गर्ने निधो गरेका छौँ ।’ एक जनामात्र उम्मेदवारले पनि ३० जुलाईमा सार्ने कुरामा विरोध जनाएमा, निर्वाचन समितिले २७ जुलाईमा नै मतदान गराउने प्रष्ट पारेको छ ।

तपाईको प्रतिक्रिया