शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडौं – अन्तत: नेपाली चलचित्रकर्मीहरुले पनि कोरोनाविरुद्धको खोप लगाउन पाउने भएका छन् ।

नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले आइबार राति एउटा प्रेस विज्ञप्ती जारी गर्दै यो उपलब्धिका लागि सम्पूर्ण चलचित्रकर्मीहरुलाई वधाइ दिएका छन् ।

‘चलचित्रकर्मीहरुलाई कोभिडविरुद्धको खोप प्राथमिकतामा राखी लगाई दिने व्यवस्थापनका लागि नेपाल चलचित्र कलाकार संघको प्रतिनिधि मण्डलले स्वास्थ्य सचिवलाई भेटी लिखित अनुरोध गरेको जानकारी गराउँदछु, विज्ञप्तीमा भनिएको छ–‘स्वास्थ्य सचिवनले कुन उमेर समुहका कति जना चलचित्रकर्मी हुनुहुन्छ, त्यसको विवरण संकलन गरी अविलम्ब पेश गर्नु भए प्राथमिकताका साथ खोप उपलब्ध गराई दिने तोक आदेश भएको पनि जानकारी गराउँदछु ।’

विज्ञप्तीमार्फत अध्यक्ष खड्काले चलचित्र विकास बोर्डको समेत समन्वय र ओम समाज डेन्टल अस्पतालको व्यवस्थापनमा कोभिडविरुद्धको खोप लगाउने अभियानमा संस्थाबाट खोप लगाउने चलचित्रकर्मीको नाम, ठेगाना र उमेर उल्लेख गरी साउन १३ गतेभित्र विवरण पठाइ दिन हुन अनुरोध गरिएको छ ।

‘विवरण पठाउँदा १८ देखि ४९ वर्ष र ५० वर्षभन्दा माथिका नेपाली चलचित्रकर्मीको छुट्टा–छुट्टै विवरण पठार्य दिनु हुन समेत अनुरोध, विज्ञप्तीमा थप जानकारीका लागि संघका उपाध्यक्ष मोहन निरौला तथा कार्यसमिति सदस्य रामेश्वर बुर्लाकोटीलाई सम्पर्क गर्न सकिने बताइएको छ।

सरकारले कलाकारहरुलाई खोप सुनिश्चित गरेसंगै चलचित्रकर्मीका पेशागत संघ– संस्थाहरुलाई खोपका लगाउनका लागि पत्राचार गरिसकेको विज्ञप्तीमा उल्लेख छ ।

‘पत्र प्राप्त नभएको भए कृपया हामीलाई तुरुन्तै सम्पर्क गर्न हुन समेत हार्दिक अनुरोध गर्दछौं, अध्यक्ष खड्काले विज्ञप्तीमा उल्लेख गरेका छन् ।

तपाईको प्रतिक्रिया