‘कोठा र कोटा’को बहसले के दियो त समाजलाई ?

‘मलाई ईश्वरको डर लाग्दैन किनकि ईश्वर छँदैछैन, मलाई केवल ईश्वर मान्नेहरुसँग डर लाग्छ’ स्टेफन हकिङ्ग्सको यो भनाई पढिरहँदा लाग्छ- ईश्वरले साँच्चै कहीँ विभेद गरेका छैनन् । जात वर्ण त हामी मानवहरुले कार्यको आधारमा विभाजित गरेका हौं । हिन्दु धर्मशास्त्रहरुमा पनि छुवाछुतको व्यवस्था नदेखिएको शास्त्राचार्यहरु बताउँछन । यो समाजमा रहेका हरेक नागरिकले गर्ने कार्य, पेशा र व्यवसायहरु एकअर्कामा अति महत्वपूर्ण र मर्यादित हुनैपर्छन् ।

पुस्तौंदेखि गर्दै आईरहेको पेशाहरु दर्जीले लुगा सिलाउने, विश्वकर्माले भाँडाकुँडा औजारहरु बनाउने, ब्रामणहरुले पूजापाठ गर्ने यस्तै क्षेत्रीहरु सैन्य तथा बहादुरीको क्षेत्रमा काम गर्ने गर्दै रमाईरहेता पनि समाजमा केही विभेदहरु पनि भएका छन् । समाज विकासको चरणसँगसँगै पूराना मूल्य मान्यता र विश्वासहरुमा पनि परिवर्तन हुँदै आईरहेका पनि छन् । वर्षौदेखि जकडिएर आएका यस्ता पूराना सोंच र मान्यताहरुलाई हामीले एकै पटकमा उखेल्ने प्रयास गर्दा पनि समाजमा ठूलो दुर्घटना हुने देखिन्छ । आजका यूवापुस्ताहरु माझ भने छुवाछुत देखिन्न पनि ।

वर्तमान समाजमा जातिय छुवाछुत अपमान कानूनद्वारा निषेध भएता पनि यस्ता घटनाहरु बारम्बार देखिरहन्छन् । समाजका अघिल्ला केहि पुराना पुस्ता त्यस्तै संस्कारमा हुर्किए त्यस्तै भोगाई भोगे सायद उनिहरुको त्यो चेतनाको कमजोरि थियो, मानविय संवेदनाको कमजोरि हुन पनि सक्छ । आजको विश्वमा जातिय छुवाछुतको अवशेष बाँकी रहनु विल्कुल गलत विषय हो । जात र वर्णका आधारमा कसैलाई निशेष गरिनु हुँदैन यो भन्दै गर्दा एकैपटकमा यो सबै अन्त्य हुने विषय पनि देखिन्न । आजको युवाहरुबिच यो विभेद पनि छैन र हुनुहुन्न पनि । हरेर मानिस यो देशको नागरिक हो हरेकको यो देशमा समान अधिकार हुनुपर्छ ।

आजको प्रतिस्पर्धाको यो युगमा सक्षमहरु मात्रै छानिनुपर्छ । फेरि पनि कोठा र कोटाको यस्ता लज्जास्पद बहसहरु नदेखियोस् । नेपाली जन्मसिद्ध सबै समान हौं, समान छौं र समान रहने छौं ।

हालै कोठा सम्बन्धि जातिय छुवाछुत र विभेदको विषयलाई लिएर सामाजिक संजालहरुमा थुप्रै विचारहरु पोखिएका छन् । ‘कतिले तिमीले जातकै आधारमा कोठा पाएनौं, हामीले जातकै आधारमा कोटा पाएनौं’ हिसाब बराबरी भयो । अब आउmसँगै मिलेर हातेमालो गरौं भने कतिले तिमी पढेलेखेकी शिक्षित युवतीले ती बृद्ध अशि़क्षित आमाप्रति यसरी मुद्धा मामिला गर्नु सुहाएन पहिले आमालाई बुझाउँन सकेकी भए हुन्थ्यो बिकल्प छँदैथियो अन्तिममा । तिमीले ४० अंक ल्याएर लोकसेवा पास गर्छाैं, हामी कोटा नभएकै कारण ९० अंक ल्याएर सक्षम हुँदाहुँदै पनि फेल हुन्छौं । के यो पनि अर्को विभेद होइन र ?

यस्तै प्रकारका विचारहरु संजालमा देखिन्छन् हिजो-आज । आखिर यो कोठा र कोटाको बहसले के दियो त समाजलाई ? नेपाली समाजमा जातीय आधारमा शान्ति बिथोलिनुहुन्न यो एउटा भयङ्कर दुर्घटना हुनसक्छ । कोटा र कोठाको विषय विल्कुलै फरक हो । एउटै तराजुमा जोखेर हेर्ने हो भने- समाधान होइन समस्या बढ्न सक्छ र, भाइचारा खलबलिन सक्छ ।

मन्त्री शेरधन राईले एक अन्तर्वार्तामा भनेका थिए- मेरो घरको भान्सामा खाना पकाउने बाहुनी चेली छन् । मेरो गोठमा काम गर्ने बाहुन छन् अब भन्नुहोस् जातकै आधारमा आरक्षण हुँदै गर्दा के मेरो भान्साको चेलीलाई न्याय होला ? म मन्त्री छु मैले राई भएकै कारणले आरक्षण पाउने मेरा सन्तानले आरक्षण पाउने अनि उनले ब्रामण भएकै कारणले राज्यको सुबिधा बाट बन्चित हुने यो कस्तो न्याय व्यवस्था हो त ?

‘सय थरी बाजा, सय थरी ताल’भनेझैं समाजका हरेक नागरिकका सोंचहरु फरक हुन सक्छन्, विचार मतहरु फरक राख्न सक्छन् । पुराना एक पुस्तालाई छोड्दै गर्दा अब नयाँ पुस्तामा जातीय छुवाछुत र विभेदको कुनै क्लेस रहनुहुन्न या छैन पनि । अबको समाजमा जन्मसिद्ध सबै नागरिक समान हुन सबैको समान अस्तित्व र अधिकार हुनुपर्छ । जन्नसिद्ध कसैले कुनै अधिकार लिएर आएको छैन र दिनु पनि हुन्न । होला भौगोलिक आधारमा केही अधिकार बढि होलान् र हुनैपर्छ पनि ।

आजको प्रतिस्पर्धाको यो युगमा सक्षमहरु मात्रै छानिनुपर्छ । फेरि पनि कोठा र कोटाको यस्ता लज्जास्पद बहसहरु नदेखियोस् । नेपाली जन्मसिद्ध सबै समान हौं, समान छौं र समान रहने छौं ।

  • मोहनप्रसाद खतिवडा -टोकियो, जापान
तपाईको प्रतिक्रिया
© २००६–२०१८ सर्वाधिकार समुद्रपारिमा सुरक्षित