शुक्रबार, बैशाख १४, २०८१
Friday, April 26, 2024

काठमाडाैं – गण्डकी प्रदेशका मन्त्री दीपक मनाङे (राजीव गुरुङ)ले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् ।

मनाङेले प्रचण्डसँग भेटको तस्बिर सार्वजनिक गर्दै पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको दाबी गरेका छन् । मनाङेले प्रचण्डलाई उनकै निवासमा गएर भेट गरेका हुन् ।

गण्डकी प्रदेशमा शक्तिशाली मन्त्रालय दिन माग गर्दै गुरुङले माओवादी अध्यक्ष प्रचण्डलाई भेटेका हुन् । कृष्णचन्द्र नेपाली पोखरेललाई मुख्यमन्त्री बनाउनका निर्णायक सहयोग गरेका मन्त्री गुरुङले आफूले सबैभन्दा शक्तिशाली मन्त्रालय पाउनु पर्ने अडान राख्दै आएका छन् ।

मनाङबाट जितेका उनलाई यसअघिका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले दुईपटक प्रदेश सरकारको मन्त्रीमा नियुक्त गरेका थिए ।  केही समयअघि सम्पन्न गण्डकी प्रदेशको नयाँ मुख्यमन्त्री चयनमा उनले विपक्षी गठबन्धनका उम्मेदवार कांग्रेस नेता कृष्णचन्द्र नेपाली पोखरेललाई साथ दिएका थिए ।

पोखरेलले पनि उनलाई मन्त्री बनाएका छन् । कुनै पनि मन्त्रीको कार्यविभाजन भने भएको छैन ।

तपाईको प्रतिक्रिया