शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – नेपाली बजारमा केही दिनयता सुन तथा चाँदीको भाउ लगातार घट्न थालेको छ । हप्ताको पहिलो दिन आज पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको छ भने चाँदीको तोलामा १५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाला सुन प्रतितोला ९० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ ।

शुक्रबार छापावाला सुन प्रतितोला ९० हजार ८०० र तेजाबी सुन प्रतितोला ९० हजार ३०० रुपैयाँमा खरिद बिक्री भएको थियो । यस्तै चाँदी पनि तोलामा १५ रुपैयाँले घटेर प्रतितोला १ हजार २९० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । महासंघका अनुसार शुक्रबार चाँदी प्रतितोला १ हजार ३०५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।

तपाईको प्रतिक्रिया