शनिबार, बैशाख १५, २०८१
Saturday, April 27, 2024

काठमाडौं – अभिनेत्री परवीन बाबीले ७० को दशकमा सिनेमाको पर्दामा त्यो सबैकुरा गरिरहेकी थिइन्, जो आजका महिला आफ्नो आकंक्षा, आधुनिकता र आत्म निर्भरताका लागि गर्न चाहन्छन् ।

पत्यार लाग्दैन भने ‘दीवार’को त्यो दृश्य याद गर्नुहोस् त । त्यसमा अभिताभ एक बिर बारमा बसेका छन् । अमिताभलाई एक्लो देखेर परवीन बाबी त्यहाँ पुग्छिन् । चिनजान नै नभएको पुरुषसँग उनी निस्फिक्री कुरा गर्न थाल्छिन् ।

एक हातमा चुरोट, अर्को हातमा मदिराको प्याला । एकदमै आत्माविश्वासी मुद्रा । अनि स्कर्टको डिजाइन यस्तो छ कि, जहाँ उनको बैंश छचल्किन्छ ।

यो त सिनेमाको एक दृश्य मात्र भयो । परवीन बाबीले जतिपनि भूमिका निर्वाह गरिन्, सबैमा उनले आफ्नो युग परिवर्तन गरिरहेको देखिन्छ ।

एक यस्तो महिलाको भूमिकामा देखिए, जो कामकाजी छन्, आत्मनिर्भर पनि छन् । त्यती मात्र कहाँ हो र ? विवाहअघि कुनै पुरुष मित्रसँग शारीरिक सम्बन्ध बनाउनमा पनि कुनै बन्देज छैन ।

यी सबैथोक गरेर पनि उनी घृणित छैनन् । सभ्य र सौम्य जीवन व्यातित गरिरहेकी छिन् । उनले आफ्नो जीवनमा कुनै दाग लाग्न दिएकी छैनन् । त्यसो त न उनलाई दागको मतलब छ, न त जमानाको ।

एंग्री योङ मेन अमिताभसँग परवीन बाबीले कही सफल फिल्ममा काम गरिन् । जस्तो कि, दीवार, अमर अकबर एन्थनी, शान र कालिया ।

सन् १९७६ मा परवीन बाबी यतिसम्म लोकपि्रय थिइन् कि, प्रतिष्ठित म्यागजिन ‘टाइम’को कभरमा उनको तस्विर छापियो ।

टाइमको कभरमा स्थान पाउने पहिलो बलिउड अभिनेत्री थिइन्, परवीन बाबी ।

फिल्मी करियरमा उनी जति सफल भइन्, निजी जीवनमा भने सफल भइनन् । उनको नीजि जीवन भने विर्सनलायक रह्यो ।

 

तपाईको प्रतिक्रिया