सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाण्डाै – तापक्रममा अत्यधिक वृद्धि हुन थालेपछि कतार र कुवेतले दिउँसोको समयमा कामदारहरुलाई काममा लगाउन रोक लगाएका छन् ।

बिहीबार ती दुबै मुलुकका तापक्रम ४१ डिग्री सेल्सियस रहेको छ भने आगामी हप्ताको अन्त्यसम्म तापक्रम ४७ डिग्री सेल्सियससम्म पुग्ने पूर्वाअनुमान छ ।

कतारले जुन १ तारिखदेखि सेप्टेम्बर १५ तारेखसम्म चर्को घाम पर्ने खुला क्षेत्रमा दिउँसोको समयमा काम गर्न रोक लगाएको छ भने कुवेतमा अगष्ट ३१ सम्म खुला क्षेत्रमा दिउँसोको समयमा काम गर्न प्रतिवन्ध लागएको छ ।

नयाँ निर्णय अनुसार कतारमा विहान १० बजेदेखि दिउँसो ३:३० बजेसम्म काममा लगाउन नपाइने नियम लगाइएको छ भने कुवेतमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म सूर्यको किरण प्रत्यक्ष पर्ने खुला क्षेत्रमा काममा लगाउन पाइने छैन ।

कतारले चर्को घाममा कामदारलाई काममा लगाएको पाइएमा त्यस्तो कम्पनीलाई एक महिनासम्म बन्द गर्ने चेतावनी दिएको छ ।

गर्मीमा काम गर्ने कादारहरुलाई धेरै चिसो नखान र धेरै चिसोमा नसुत्न आग्रह गरिएको छ । तर अधिकांश कामदार न्यूनतम तापक्रममा सुत्ने गरेका कारण अल्पायुमै मृत्यु हुने गरेको छ । त्यस्ता कामदारको हृदयगति बन्द भई  ‘सुतेको सुत्यै’ मृत्यु हुने गरेको छ ।

तपाईको प्रतिक्रिया