Deneme Bonusu Veren Siteler
आइतबार, आश्विन १३, २०८१
Sunday, September 29, 2024

काठमाडौं – फ्रान्समा महामारीको शुरु भएदेखि पछिल्लो २४ घण्टामा ६० हजार ४८६ नयाँ कोरोनाभाइरसका घटनाहरू दर्ता गरेको देशको राष्ट्रिय जनस्वास्थ्य एजेन्सी सेन्ट पब्लिकले शुक्रबार बताएको छ ।

फ्रान्समा पछिल्ला दिनहरूमा कोभिड-१९ सङ्क्रमणको अवस्था जटिल बन्दै गएको छ । शुक्रबार पनि फ्रान्समा ५८ हजार व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको थियो । यूरोपेली यस मुलुकमा अहिलेसम्म कोरोनाभाइरस सङ्क्रमितको सङ्ख्या १६ लाख पुगेको छ भने ३९ हजार ८०० व्यक्तिको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले यसै वर्षको मार्च ११ मा कोभिड-१९ ले विश्वव्यापी महामारीको प लिएको बताएकमो थियो ।  शनिबारसम्म विश्वमा चार करोड ९१ लाख व्यक्ति सङ्क्रमित भएका छन् भने यसका कारण १२ लाख ४० हजार व्यक्तिको मृच्यु भइसकेको जोन हकिन्स विश्वविद्यालयको तथ्याङ्कमा उल्लेख छ ।

तपाईको प्रतिक्रिया