सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडौं – बलिउड अभिनेत्री करिना कपुर अहिले पनि सामाजिक सन्जालमा उत्तिकै सक्रिय छिन् र उनलाई सामाजिक सन्जालमा प्रयोगकर्ताहरुले निकै मन पराइरहेका पनि हुन्छन् ।

यहीबीच करिनाले एउटा तस्वीर सामाजिक सन्जाल इन्स्टाग्राममा राखेकी छिन् ।

यो तस्वीर हो, जब वी मेट फिल्मको । फिल्म रिलिज भएको १३ वर्ष पुगेको उपलक्ष्यमा करिनाले यो तस्वीर सामाजिक सन्जालमा राखेकी हुन् । यसमा उनी फिल्मका अभिनेता शाहिद र निर्देशक इम्तियाज अलीसँग देखिएकी छिन् ।

करिनाले तस्वीर सामाजिक सन्जालमा के राखेकी थिइन्, उनको यो तस्वीरलाई निकै धेरैले लाइक गरेका छन् । इन्स्टाग्राममा मात्र यो तस्वीरलाई ६ लाख ५० हजारभन्दा बढीले लाइक गरेका छन् । यो तस्वीरमाथि कमेन्ट पनि उत्तिकै धेरै आएका छन् । अनि यसको सेयरिङ पनि निकै राम्रो देखिएको छ ।

तपाईको प्रतिक्रिया