सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

टोकियो – जापानमै रहेका युवा गायक चेतन घर्ती मगरले नेपालीहरुको पावन पर्व बडा दशैंको पूर्वसन्ध्या पारेर ’बेलौती’ बोलको लोकलयमा आधारित बिल्कुलै नयाँ शैलीको सालैजो गीत बजारमा ल्याएका छन् । उनलाई आवाजमा गायिका देबी घर्ती मगरले साथ दिएकीछिन् ।

आफ्नै युट्युब च्यानलमार्फत हालै सार्बजनिक गरेका गायक घर्ती मगरको सो गीतमा लय, शब्द र एरेञ्ज प्रसाद खप्तरी मगरको रहेको छ भने आरुषी मगर र दिनेश थापाले अभिनय गरेका छन् ।

सुजन शाहीको सम्पादन र चित्र मास्की मगरको निर्देशनमा नीर्मित सो म्युजिक भिडियोको दृश्यमा नेपाली ग्रामीण बस्तीको जीवनशैली झल्किएको छ भने सो गीतको शब्दमा मायाप्रीतिको भाव छचल्किएको पाईन्छ ।

’परदेशको प्रतिकुल बस्तीबाटै भएपनि नेपाली गीत र संगीतको क्षेत्रमा बामे सर्दै पुनः यहाँहरुमाझ अर्को कोसेली लिएर आएको छु’- गायक घर्ती मगरले भने – ‘सुझाव, सल्लाह र रचनात्मक प्रतिक्रियाको अपेक्षा गरेको छु । यहाँहरु सबैलाई बडा दशैंको हार्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछु ।’

तपाईको प्रतिक्रिया