आइतबार, जेठ ०६, २०८१
Sunday, May 19, 2024

काठमाडौँ – हाँस्य कलाकार शिबहरि पौड्याल मुखमा हानु जस्तो लाई मातृशोक परेको छ ।  कलाकार पौड्यालकी आमाको आइतबार राती ११ वजेर ०९ मिनेटमा १ सय वर्षको उमेरमा निधन भएको हो ।

आमाको निधन भएको बारे कलाकार पौड्यालले सामाजिक सञ्जालमार्फत जानकारी गराएका हुन् । उनले आमाको निधनको बारेमा जानकारी दिदै मर्मस्पर्शी स्टाटस लेखेका छन् ।

एउटा छोराले गर्ने कर्तव्य मैले गरेंकी गरिंन मलाई थाहा छैन आमा भन्दै उनले स्वर्गमा वास होस् भनेका छन् ।

उनले भनेका छन् – दुखद् खवर लेख्न वाध्य भएं आमा । एउटा छोराले गर्ने कर्तव्य मैले गरेंकी गरिंन मलाई थाहा छैन आमा । १०० वर्षसम्म आफ्ना परिवारलाई संरक्षण दिनुभो, त्यस्पछि हजुरलाई वचाउन सकिएन आमा, मलाई माफ गर्नुहोला ।

स्वर्गमा वास होस् मेरी प्यारी आमा । देश विदेशमा हुनु भएका सम्पूर्ण आफन्तजनहरूको जानकारीकोलागी यो दुखद् खवर आफैले फेसवुक वालमा राख्न वाध्य भएकोछु । आमा, फेरीपनि मलाई माफ गर्नुहोला ।  (१९७७ फागुन देखि २०७७ कार्तिक २ गते राती ११ वजेर ०९ मिनेट सम्म)

तपाईको प्रतिक्रिया