आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

टोकियो – कागावा प्रान्तमा आईतबार भएको जापानको ३४ औं फर्सी प्रतियोगितामा इहिमे प्रान्तका किसान हिरोयोशी उत्सुनोमियाले जितेका छन् ।

हरेक बर्ष हुने जापानको फर्सी प्रतिस्पर्धामा यस वर्ष ६८ वर्षीय किसान उत्सुनोमिया ४१० दशमलब ३ किलोको फर्सीसहित सहभागी भएका थिए । सन् २०१८ मा पनि उनले फलाएको ४१० दशमलब ६ किलोको ठूलो फर्सी प्रदर्शन गरेर सो प्रतियोगिता जितेका थिए ।

गत वर्ष भने नागोयाका एक किसानले सबैभन्दा ठूलो ४२८ किलोको फर्सी प्रतियोगितामा ल्याएर शीर्ष पुरस्कार लिएका थिए ।

देशभरका विभिन्न नौं प्रान्तका ५१ जना कृषक सहभागी भएको यस वर्षको प्रतियोगितामा चिवाका आकिरा निसिकावाको ३८५ किलोको फर्सी दोस्रो स्थानमा र मिए केनको तोसीआकी सिराकीको ३३४ किलोको फर्सी तेस्रो स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया