शुक्रबार, जेठ ११, २०८१
Friday, May 24, 2024

समाचार सुन्नुहोस : 

काठमाडौँ – शनिबार रामेछापबाट काठमाडौं आउँदै गरेको विद्युतीय माइक्रो बस दुर्घटनामा परेको छ । रामेछापको मन्थलीबाट काठमाडौं आउँदै गरेको माइक्रो भ्यान शनिबार दिउँसो २ बजे बीपी राजमार्गअन्तर्गत काभ्रेको धुलिखेल नगरपालिका–११ स्थित पात्लेखेतमा दुर्घटना भएको हो । दुर्घटनामा परेर ६ जना घाइते भएको प्रहरीले बताएको छ । घाइते भएका ६ जनाको उपचार भइरहेको प्रहरीले जानकारी गराएको छ।

दुर्घटनामा रामेछापको मन्थली नगरपालिका–८ बस्ने २८ वर्षीय श्रवढा कुमार माझी, श्रीमती ३५ वर्षीय सर्मिला माझी, छोरी ३ वर्षीया सोडिमा माझी, भाई आशिष माझी, सोही ठेगाना भएकी १६ वर्षीया मनिषा माझी र १६ वर्षीया सचिता गिरी घाइते भएका हुन् । भ्यानको छतमा राखेर ल्याइएको एउटा खसी भने मरेको प्रहरीले भनाइ छ । चालक रामेछाप नगरपालिका–५ मीनबहादुर श्रेष्ठलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

 

 

तपाईको प्रतिक्रिया