सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडौँ – भारतको महाराष्ट्रमा एक तीन तल्ले भवन भत्किँदा १० जनाको मृत्यु भएको छ । भारतीय सञ्चार माध्यमका अनुसार महाराष्ट्रको ठाणे सहरस्थित भिवन्डीमा रहेको एक भवन सोमबार बिहान ३ः४० मा भवन भत्किएको हो।

भत्किएको भवनमा करिब २०–२५ जना भत्किएको भवनमा फसीरहेको भारतीय सञ्चार माध्यमहरुले जानकारी दिएका छन् ।

स्थानीयले भवनमा फसेका २० जनालाई बाहिर निकालेका छन् । भारतको विपद् उद्धार फोर्स एनडीआरएफ को टोली घटनास्थल पुगी उद्धारमा जुटेको छ । १९८४ मा बनेको त्यो भवन वर्षाका कारण कमजोर बनेको थियो ।बिल्डिङ कुल ४० फ्ल्याट रहेको र त्यसमा २१ परिवार बसोबास गर्दै आएको भारतीय मिडियाहरूले खबर दिएका छन् ।

तपाईको प्रतिक्रिया