सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

World’s oldest living female, Kane Tanaka from Fukuoka, Japan

टोकियो – नेपालको कूल जनसंख्याभन्दा जापानको ज्येष्ठ नागरिकको संख्या बढी भएको छ । अहिले जापानीहरु संसारमै सबैभन्दा धेरै बर्ष बाँच्ने भनेर चिनिन्छन् । विश्वका अन्य मुलुकहरुसंग तुलना गर्दा जापानी ज्येष्ठ नागरिकहरु स्वस्थ र आर्थिक रुपले लामो समयसम्म सक्रिय रहेको देखिन्छ ।

जापानले उनीहरूको सम्मानमा प्रत्येक वर्ष सेप्टेम्बरको तेश्रो सोमबार वृद्धवृद्धाका लागि ‘रेस्पेक्ट फर द एजेड डे’ Respect for the Aged day (敬老の日, Keirō no Hi) मनाउन सार्वजनिक बिदा दिने गरेको छ ।

जन्मदर अत्यन्त न्यून भएको जापानमा ६५ वा ६५ वर्ष नाघेका ज्येष्ठ नागरिकको संख्या पहिलो पटक ३ करोड ६१ लाख भन्दा बढी भएको सरकारी तथ्यांकले देखाएको छ ।

स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले आइतबार जारी गरेको तथ्यांक अनुसार ६५ वा ६५ बर्ष नाघेका व्यक्तिहरुको संख्या गत वर्षको तुलनामा ३ लाख बढेर ३ करोड ६१ लाख ७० हजार पुगेको छ । जुन जापानको कूल जनसंख्याको २८ दशमलब ७ प्रतिशत हो ।

विश्व स्वास्थ्य संघका अनुसार ६५ वर्ष वा माथीको जनसंख्याको अनुपात ७ प्रतिशतभन्दा बढि भएमा उक्त देशलाई बृद्धहरुको देश मानिन्छ । जापानमा भने उक्त अनुपात विश्वमै सवैभन्दा बढि रहेको छ ।

त्यस्तै कूल जनसंख्या भने लगातार घट्दो क्रममा रहेको छ । गत वर्षको तुलनामा जापानको जनसंख्या २ लाख ९० हजारले घटेको तथ्यांकमा उल्लेख छ । जापानमा अन्य जनसांख्यिक अवस्थाको बारेमा हेर्दा १५ बर्ष भन्दा मुनिको जनसंख्या अत्यन्त न्युन रहेको छ ।

सन् २०१९ को तथ्याकं अनुसार जापानको औसत आयू महिलाका लागि ८७ दशमलव ४५ वर्ष र पुरुषका हकमा ८१ दशलमव ४१ वर्ष छ ।

११७ वर्षकी काने तानाका जापानको सर्वाधिक उमेर भएको नागरीक हुन् । दक्षिणी जापान फुकुओकाकी काने तानाकाले विश्वकै ज्येष्ठ महिलाकारुपमा गिनिज बुकमा रेकर्ड राखेकीछिन् ।

तपाईको प्रतिक्रिया