सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडौँ  – सात महिनादेखि बन्द रहेको नेपालको नियमित आन्तरिक उडान विशेष स्वास्थ्य मापदण्डसहित आज सोमबारबाट पुनः उड्दैछन्।

स्वास्थ्यका सबै मापदण्ड कडाइका साथ पालना होस् भनेर सामान्य अवस्थामा दैनिक रूपमा हुँदै आएका उडानको २५ प्रतिशत मात्र विमान सञ्चालनमा आउनेगरी अनुमति दिइएको नेपाल नागरिक उड्यन प्राधिकरणका अधिकारीहरुको भनाई छ।

यसअघि असोज १ गतेबाटै आन्तरिक उडान सुरु गर्ने भनिए पनि सरकार र वायुसेवा सञ्चालकहरूबिच पहिले भनिएको आधा मात्र यात्रु बोक्ने बिषयमा कुरा नमिल्दा उडान हुन सकेको थिएन।

तपाईको प्रतिक्रिया