सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

टोकियो – म्याग्दी प्रवासी नेपाली संघ (मोना) जापानको क्युशु क्षेत्रीय समति गठन भएको छ ।

क्युशुको फुकुओकामा शनिबार भएको म्याग्देली भेलाले उज्वल बानियाँको अध्यक्षतामा मोना क्युशु क्षेत्रीय ससमिति गठन भएको हो । मोना जापानले नागोया र सेन्दाई पछि क्युशुमा तेस्रो क्षेत्रीय समिति बिस्तार गरेको हो ।

भेला आयोजक समितिका संयोजक बानियाँको सभापतित्वमा भएको सो भेलाले सर्बसम्मत गठन भएको १५ सदस्यीय क्युशु क्षेत्रीय समितिको वरिष्ठ उपाध्यक्षमा कुशल कार्की र उपाध्यक्ष द्वयमा दिपक विक र सोफिया घर्ती मगर रहेकी छिन भने सचिवमा मञ्जु चोखाल र सहसचिवमा सृष्टि किसान चयन भएकी छिन् । यसैगरी कोषाध्यक्षमा सफल कार्की र सहकोषाध्यक्षमा बिकल कार्की चयन भएका छन् ।
यसैगरी सदस्यहरुमा सुस्मिता खत्री, दिवान पुन, बिजी बानियाँ, रमेश रिजाल, सन्देश हमाल ठकुरी चयन भएका छन् भने थप एक सदस्य नवगठित क्युशु क्षेत्रीय समितिको पहिलो बैठकले मनोनयन गर्ने भएको छ ।

मोना आइसीका सल्लाहकार समेत रहेका एनआरएन आइसीसीका सदस्य ददिवल खड्काको प्रमुख आतिथ्यतामा भएको सो भेलामा मोनाका सल्लाहकार एवं बिधान समितिका संयोजक तिलक मल्लले मोनाको ऐतिहासिक पृष्ठभूमिबारे प्रकाश पार्दै वर्तमान सन्दर्भमा म्याग्देलीहरु एकजुट हुन थप आवश्यक रहेकोमा जोड दिएका थिए । मोना जापानका अध्यक्ष दिपक कार्कीले क्षेत्रीय कमिटीमा नवनिर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई बधाई ज्ञापन गर्दै मोनाको क्षेत्रीय समिति बिस्तार गर्ने अभियानमा क्युशुका म्याग्देलीहरुले देखाएको उत्साह र सक्रियता मोना जापानको आगामी यात्रामा कोसेढुंगा साबित हुने बिचार ब्यक्त गरेका थिए ।

मोना जापानका महासचिव गणेश श्रेष्ठको सञ्चालन रहेको सो भेलामा प्रमुख अतिथिकारुपमा बोल्दै ददिवल खड्का र बिशेष अतिथि मोना आइसीका उपाध्यक्ष राम खड्काले नवगठित कार्यसमितिको सफलताको कामना गर्दै बधाई तथा शुभकामना ब्यक्त गरेका थिए ।
सो अवसरमा एनआरएन आइसीसीका कोषाध्यक्ष महेशकुमार श्रेष्ठ, एनबिए जापानका अध्यक्ष बिजय थकाली, एनबिए क्युशु क्षेत्रीय समितिका अध्यक्ष बद्रि पौडेल, एनआरएन जापानका उपाध्यक्ष लक्ष्मण बानियाँ, अर्घाखांची समाज जापानका अध्यक्ष बाबुराम पौडेल, पर्वत समाज जापानका महासचिव जनक सुबेदी, एनआरएन जापानका सल्लाहकार शिवप्रसाद पौडेल लगायतका ब्यक्तिहरुको बिशेष उपस्थिति रहेको थियो । रात्रीभोजसहितको म्याग्देलीहरुको क्युशु भेला फुकुओकाको नाङ्लो रेष्टुरेन्टमा सम्पन्न भएको थियो ।***

तपाईको प्रतिक्रिया