शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

काठमाडौँ -अभिनेता अर्जुन कपुरले आइतबार इन्स्टाग्राममार्फत आफूमा कोरोना पोजेटिभ भएको जानकारी दिएका छन् ।

त्यसको केही घण्टामै अभिनेत्री तथा अर्जुनका प्रेमिका मलाइका अरोरा पनि कोरोना भएको खबर आएको छ । मलाइकाकी बहिनी अमृता अरोराले टाइम्स अफ इन्डियालाई यो खबरबारे पुष्टि गरेका हुन् ।

मलाइका र अर्जुन दुवै अहिले होम-क्‍वारिन्टिनमा छन् । केहीदिन अघि मात्रै मलाइका निर्णायक रहेको डान्स रियालिटी शो ‘इन्डियाज बेस्ट डान्सर’ का ७/८ जना क्रु सदस्यहरुमा पनि कोरोना देखिएको खबर सार्वजनिक भएको थियो ।

तपाईको प्रतिक्रिया