काठमाडौँ – रुसले बनाएको कोरोनाको भ्याक्सिन स्पुतनिक-भी को शुरुवाती ट्रायलले शरीरमा एन्टीबडी बनाएको दाबि गरिएको छ ।
मेडिकल जर्नल लानसेन्टले रुसका बैज्ञानिकहरुले गरेको परिक्षणको आधारमा यस्तो रिपोर्ट प्रकाशित गरेको छ । स्पुतनिक-भी को ट्रयालमा परिक्षण गरिएकाहरुलाई कुनै असर नदेखिएको रिपोर्टमा उल्लेख गरिएको छ ।
यद्यपी अनुसन्धानकर्ताहरुले यो भ्याक्सिनलाई पुरै किसिमले सुरक्षित र प्रभावकारी रहेको प्रमाणित गर्न अझै धेरै समय र फराकिलो परिक्षण गर्नुपर्ने बताएका छन् ।
यो अनुसन्धान ७६ जना स्वास्थ्य स्वयंसेवकमाथि गरिएको लानसेन्टले उल्लेख गरेको छ । १८ देखि ६० बर्ष उमेर समुहमा गरिएको दुई समुहको अध्ययनमा हरेक समुहमा ३८-३८ जना रहेको उल्लेख छ । जसमा ५३ जना पुरुष र २३ जना महिला रहेका थिए ।
यस अध्ययनमा ८५ प्रतिशत स्वयंसेवकमा १४ दिनमा एन्टीबडी देखिएको र २१ दिनमा सबै स्वय सेवकमा एन्टीबडी देखिएको उल्लेख छ ।