काठमाडौँ – कोरोना भाइरसको महामारीका बीच फ्रन्टलाइनर बनेका स्वास्थ्यकर्मीहरुको विश्वभर ठुलो संख्यामा ज्यान गएको छ ।
एमनेष्टी इन्टरनेसनलले जारी गरेको रिपोर्ट अनुसार विश्वभर कम्तिमा ७ हजार स्वास्थ्यकर्मीहरुले ज्यान गुमाएका छन् । सबैभन्दा बढी स्वास्थ्यकर्मीको मृत्यु मेक्सिकोमा भएको छ । मेक्सिकोमा १३२० स्वास्थ्यकर्मीले ज्यान गुमाएका छन् ।
त्यस्तै अमेरिकामा १०७७ जना, बेलायतमा ६४९ र ब्राजिलमा ६३४ स्वास्थ्यकर्मीले कोरोनाका कारण ज्यान गुमाएको एमनेष्टीले उल्लेख गरेको छ । त्यस्तै भारतमा अहिलेसम्म ५७३ र दक्षिण अफ्रीकामा २४० स्वास्थ्यकर्मीहरुको मृत्यु भएको छ ।
त्यस्तै रसियामा ६३१, इटालीमा १८८, पेरुमा १८३, इरानमा १६४ र इजिप्टमा १५९ स्वास्थ्यकर्मीको कोरोनाले ज्यान गएको एमनेष्टीले बताएको छ ।
एमनेष्टीले भारत र दक्षिण अफ्रीकाको अवस्था चिन्ताजनक रहेको बताएको छ । एमनेष्टीका आर्थिक र सामाजिक न्यायका प्रमुख स्वीव ककबर्नले अरुलाई बचाउदा यति ठुलो संख्यामा स्वास्थ्यकर्मीले ज्यान गुमाउनुले बताउछकी यो कति भयावह र गम्भीर छ ।
उनले कामको क्रममा पुरै सुरक्षा प्रदान गर्नु स्वास्थ्यकर्मीको अधिकार भएको बताउदै त्यसो नहुनुको दुखद परिणाम आएको बताए ।