शुक्रबार, बैशाख २८, २०८१
Friday, May 10, 2024

टोकियो – कोरोना महामारीको प्रभावले मे महिनासम्म कमी देखिएको जापानको घरपरिवारको खर्चमा सुधारको संकेत देखिएको छ । सरकारी तथ्यांक अनुसार गत वर्षको सोही अवधिको तुलनामा गएको मे महीनामा घरपरिवार खर्च १६ दशमलव २ प्रतिशतले घटेको थियो । तर जुन महिनाको तथ्यांकमा पहिलो वर्षको भन्दा १ दशमलव २ प्रतिशतले मात्र घटेको भेटिएको छ ।

बेरोजगारी दर बढ्ने अपेक्षासहित मे महिना पछि पनि घरपरिवार खर्चको परिदृश्य कमजोर हुने अडकल गरिएको भएता पनि आपतकालिन अवस्था हटाइएसँगै घरपरिवारको खर्चमा उल्लेखनिय वृद्धि देखिएको छ ।

आन्तरिक मामिला तथा संचार  मन्त्रालयका आधिकारिले आपतकाल हटाइएको र सोहि महिनामा जापान सरकारले प्रति व्यक्ति १ लाख येन वितरण सुरु गरेकोले जुन महिनामा घरपरिवारको खर्च बढी भएको बताएका छन् ।

जुन महिनामा फर्नीचर र घरका भाँडाकुँडाहरूमा २७ दशमलव ४ प्रतिशतले बढेको छ । त्यस्तै टेलिभिजन र कम्प्युटरमा ८३ दशमलव १ प्रतिशतले बढेको छ ।

गर्मी बढेको कारणले एयर कन्डिसनरमा हुने खर्च २९ दशमलव ६ प्रतिशतले बढेको छ भने आन्तरिक र विदेश भ्रमणमा ९० दशमलव ७ प्रतिशतले घटेको छ ।

तपाईको प्रतिक्रिया