टोकियो – नेपाल-जापान एजुकेशनल सपोर्ट क्लबले नेपालका विपन्न परिवारलाई राहत दिने निर्णय गरेको छ । क्लबको बैठकले कोरोना महामारीका कारण दैनिक गुजारा गर्न समस्यामा परेका ३ सय परिवारलाई १५ लाख येन सहयोग गर्ने निर्णय गरेको हो ।
सामुदायिक विद्यालयहरुमा अध्ययन गरिरहेका गरिब तथा विपन्न बर्गका छात्र-छात्राका अभिभावकलाई छनौट गरी प्रति परिवार ५ हजार रुपैयाँका दरले जम्मा ३ सय घर धुरीलाई राहत स्वरुप आर्थिक सहयोग गरिनेछ । महामारीको चपेटामा परेका परिवारलाई केहि मात्रा भएपनि राहत मिल्ने उदेश्यले यो कार्यक्रम गर्न लागिएको संथाका प्रमुख राजेन्द्र थापाले बताउनुभयो ।संस्थाका अध्यक्ष जापानीज नागरिक यामाशिता किन्जोले आफू वर्षेनी ३ पटक नेपाल गएर विभिन्न शैक्षिक गतिविधिमा सहभागी हुने गरेको भएपनि यसपटक कोरोनाको कारणले नेपाल जान नपाएको तर नेपाली विद्यार्थीलाई गर्दै आएको सहयोगलाई निरन्तरता दिइने जानकारी गराउनुभयो । उक्त बैठकमा जापानीज सदस्य तथा छात्रबृती डोनर दोमिची ताकेहिको तथा जापानीज पत्रकार यागी माना र समाजसेवी राधा थापाको पनि उपस्थित थियो ।उक्त नगद राहत बितरण कार्यक्रम अध्यक्ष जापानीज नागरिक यामाशिता किन्जोको उपस्थितीमा नेपालस्थित संथाका कार्यक्रम संयोजक सुनिल हिराचन र प्रतिनिधी मनु ज्वाहर्चनको रोहबरमा गरिने योजना बनाईएको छ । विगत ३३ बर्षदेखि नेपालका सामुदायिक विद्यालय भवन निर्माण, छात्रवृति वितरण, फर्निचर प्रदान, शैक्षिक भ्रमण्, फोटो डे, खेलकुद आईटम सेट अप, कम्युटर तथा शैक्षिक सामग्री वितरण, अन्तर विद्यायलयस्तरिय भलिबल प्रतियोगोता गर्दै आईरहेको छ ।
संस्थाका अध्यक्ष जापानीज नागरिक यामाशिता किन्जोको विगत ३ दशकदेखि नेपालको शैक्षिक तथा सामाजिक कार्यमा उल्लेखनिय योगदान पुर्याउँदै ७३ पटक नेपाल पुगि सक्नु भएको छ ।