मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

काठमाडौँ – सुशान्त सिंह राजपुतको आत्महत्याको विषयमा बिहारको अदालतमा केही समय अगाडि बलिउडका स्टार सलमान खानविरद्ध मुद्दा दायर भएको थियो।

सलमानसहित, करण जोहार, एकता कपुर, सन्जय लिला भन्सालीविरुद्ध आत्महत्या दुरुत्साहनको मुद्दा दायर भएको थियो।

अदालतले बिहीबार उक्त मुद्दा खारेज गरिदिएको छ। स्थानीय वकिल सुधिर कुमार ओझाले सुशान्त सिंहले माथि उल्लेखित मानिसहरुकै कारण आत्महत्या गरेको भन्दै मुद्दा दायर गरेका थिए।

बिहीबार बिहारका चिफ जुडिकल म्याजिस्ट्रेट मुकेश कुमारले यस विषय अदालतको कार्यक्षेत्र बाहिर रहेको बताउँदै मुद्दा खारेज गरेका हुन्।

यसअघि सुशान्त सिंहको परिवारले यो घटना नियोजित हत्या भनेका थिए। तर अनुसन्धानमा सुशान्तले आत्महत्या गरेको देखिएको थियो।

बलिउड अभिनेत्री कंगना रणावतले बलिउडमा नातावाद हाबी हुँदा सुशान्तले डिप्रेसनमा गएर आत्महत्या गरेको अभिव्यक्ति दिएकी थिइन्।

भारतीय संचारमाध्यमका अनुसार सुशान्तबाट कयौं चलचित्रहरु खोसिएको थियो। सुशान्तलाई खेलाउने भनिएको चलचित्रमा चर्चित कलाकारका छोराछोरीलाई स्थान दिइएको थियो।

तपाईको प्रतिक्रिया