आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौं – काठमाडौं उपत्यकामा थप २३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु र पाटन अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा काठमाडौं उपत्यकाका थप २३ जनामा कोरोनाको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार नयाँ थपिएका १६ जना काठमाडौंका हुन् भने ७ ललितपुरका रहेका छन् । योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १६ हजार ४ सय २३ पुगेको छ ।

तपाईको प्रतिक्रिया