आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

बुटवल – कोरोना महामारीका कारण लामो समयदेखि जारी लकडाउनमा भोग्नु परेको पीडामा आधारित लघुचलचित्र ‘डोरी’ सार्वजनिक भएको छ । जनक पाण्डेयको निर्देशनमा तयार भएको ‘डोरी’ लेजेण्ड फिल्म्स युट्यूव च्यानलमार्फत सार्वजनिक भएको हो ।

दिनभर काम गरि साँझ खाना खानेहरु हुन् अथवा जागिरे, व्यवसायी सबै कोरोनाका कारण जारी लकडाउनका कारण समस्यामा छन् । यसैमा आधारित भएर डोरी निर्माण गरिएको छ । ठूलो पर्दाका चलचित्र समेत निर्देशन गरिसकेका जनक पाण्डेयको लघु चलचित्र ‘डोरी’ मा भने पहिलो निर्देशन हो । गीत समेत समावेश गरिएको यस लघु चलचित्रको कथावस्तुले दर्शकको मन जित्ने अपेक्षा गरिएको छ ।

मुक्ति बाबु, दिपजंग शाही, विजय लब्ली, विष्णु चापागाई पाण्डेय लगाएतको अभिनय रहेको यस चलचित्रमा दिपक पाण्डेय (लक्की)को छायाङ्कन र सम्पादन रहेको छ । रुपन्देहीमा छायाङ्कन गरिएको चलचित्रमा कथा निर्देशक आफैले लेखेका हुन् र गीतमा पनि पाण्डेयको आफ्नै आवाज रहेको छ ।

लेजेण्ड फिल्म्स तथा जनक इण्टरटेनमेण्टको प्रस्तुतिमा डोरी तयार गरिएको छ। डोरीमा एउटा गाँउको कथा समेटिएको छ । नेपाली जनताले वर्तमान समयमा भोगेका पीडालाई कथामा प्रस्तुत गरि त्यसको समाधान गर्न कसरी गर्न सकिन्छ भन्ने कुरा देखाउन खोजिएको छ ।

तपाईको प्रतिक्रिया