Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौँ – विश्व बैङ्कले नेपाल, श्रीलङ्का र माल्दिभ्सका लागि फारिस हदाद जर्भोसलाई राष्ट्रिय निर्देशकमा नियुक्त गरेको छ । असार १७ गतेदेखि नै लागू हुनेगरी उहाँलाई नियुक्त गरिएको विश्व बैङ्कले जनाएको छ ।

उहाँले काठमाडौँ उपक्षेत्रीय कार्यालयमा आधारित रहनेगरी विश्व बैङ्कका तर्फबाट माल्दिभ्स, नेपाल र श्रीलङ्काको नेतृत्व गर्दै करिब पाँच अर्ब ५० करोड अमेरिकी डलर बराबरको चालू कार्यक्रमको नेतृत्व गर्नुहुने जनाइएको छ ।

यसअघि जर्भोस नेपालका लागि विश्व बैङ्कका राष्ट्रिय प्रबन्धक हुनुहुन्थ्यो । संयुक्त राज्य अमेरिकाका नागरिक हदाद जर्भोस सन् १९९६ (वि. सं. २०५२) देखि विश्व बैङ्कसँग आबद्ध हुनुहुन्छ भने यसअघि उहाँले मलेसिया र बोलिभियामा पनि राष्ट्रिय प्रबन्धकका रूपमा काम गरिसक्नुभएको छ ।

विश्व बैङ्कले माल्दिभ्स, नेपाल र श्रीलङ्काका सरकारलाई कुल ३५ करोड डलरभन्दा बढीको कोभिड–१९ आपत्कालीन प्रतिकार्य परियोजनाअन्तर्गत सहयोग गरिरहेको छ जसले यी राष्ट्रमा यस महाव्याधिको रोकथाम, पहिचान र प्रतिकार्य गर्न र जनस्वास्थ्य प्रणाली पूर्वतयारीलाई सुदृढ गर्न मद्दत गर्नेछ ।

नेपालमा विश्व बैङ्कले कोभिड–१९ महामारीविरुद्ध जनस्वास्थ्यसम्बन्धी तत्कालीन आवश्यकताको सम्बोधन गर्न दुई करोड ९० लाख डलर बराबरको आपत्कालीन प्रतिकार्य परियोजनासहित नेपाल सरकारसँग सहकार्य गरिरहेको छ । यसका साथै यस सङ्कटले निम्त्याएका आवश्यकताको परिपूर्ति गर्नेगरी विद्यमान पोर्टफोलियोको लगभग २० प्रतिशत परियोजनाको पुनर्संरचना गरिएको जनाएको छ ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

तपाईको प्रतिक्रिया