टोकियो – विश्वभर कोरोना संक्रमितको संख्या १ करोड र मृत्युु हुनेको संख्या ५ लाख नाघेसँगै एसियाली सेयर बजारमा सोमबार पहिरो गएको छ।
जापानको निक्की २२५ (एन २२५) मा २ प्रतिशतको गिरावट आएको छ। दक्षिण कोरिया कोप्सीमा १.६ प्रतिशतको गिरावट आएको छ भने हङकङको हाङ सेङ इन्डेक्समा १.२ प्रतिशतको गिरावट आएको छ। चीनको सांघाई कम्पोजिटमा ०.८ प्रतिशतको गिरावट आएको छ।
निरन्तर गिरावट आएपछि अमेरिकाको स्टक फ्युुचर्स शुुक्रबारदेखि बन्द अवस्थामा रहेको छ। डो फ्युुचर्समा १५ अंकको बढोत्तरी भएको छ भने एस एन्ड पी ५०० मा पनि ०.१ प्रतिशतको वृद्धि देखिएको छ।
त्यस्तै नास्डक फ्युुचर्समा ०.२ को गिरावट देखिएको छ। गत शुुक्रबार डो फ्युुचर्समा ७०० अंकको पहिरो गएको थियो।
कोरोना संक्रमणका घटनामा वृद्धि भएपछि अमेरीकाका केही राज्यहरुले रिओपनिङलाई रोकेका थिए।
अमेरिकाका ३६ वटा राज्यहरुमा कोरोना संक्रमणका घटनामा वृद्धि भएको छ। जसमा कोरोनाको अर्काे इपिसेन्टर बन्ने चेतावनी दिइएको फ्लोरिडासमेत समावेश छ।
यतिबेला अमेरिकामा वयस्कहरुमा कोरोना संक्रमण बढिरहेको छ। अमेरीकामा कोरोना संक्रमण वृद्धि भएपछि यसको प्रत्यक्ष असर विश्वका सेयर बजार र लगानीकर्तामा समेत परिरहेको छ।