सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

टोकियो – जापानमा दैनिक कोरोना संक्रमितको संख्या सय नाघेको छ । शुक्रवार यहाँ थप १०३ नयाँ संक्रमित भेटिएका छन् । संक्रमितको दैनिक संख्या सय नाघेको मे ९ यता पहिलो पटक हो ।

शुक्रवार फेला परेका संक्रमित मध्ये ५४ जना टोकियोमा फेला परेको हो । योसँगै त्यहाँ दैनिक रुपमा संक्रमितको संख्या ५० नाघेको यो लगातार तेस्रो दिन हो । बुधवार भने टोकियोमा ५५ नयाँ संक्रमित फेला परेका थिए ।

यो मे २५ मा देशव्यापी आपतकाल हटाइएयताको पहिलो उच्च संक्रमण थियो । गत शुक्रवार मात्रै महानगर सरकारले लाइभ म्युजिक भेन्यू र नाइटक्लब लगायत स्थानमा जान जारी गरेको एड्भाइजरी हटाएको थियो ।

हालैका दिनमा नाइट लाइफ उद्योग र त्यहाँ काम गर्नेमा सामूहिक संक्रमण भेटिएको थियो । ***

तपाईको प्रतिक्रिया