सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

फोटो : गल्कोट समाज टोकियो जापान

टोकियो – गल्कोट समाज जापानले लामो समयदेखि जापानकै एक अस्पतालमा उपचाररत बाग्लुङ जिल्ला, ताराखोला-३ का करण कँडेललाई आर्थिक सहायता प्रदान गरेको छ । वैदेशिक रोजगारीका सिलसिलामा केही वर्ष अगाडि जापान पुगेका कँडेल कलेजोले काम गर्न छाडेपछि जापानको टोकियोस्थित अस्पतालमा उपचारत छन् ।

कँडेलको स्वास्थ्यावस्था बिग्रँदै गएको र थप आर्थिक सङ्कट पर्दै गएपछि गल्कोट समाजका अध्यक्ष दिल खत्रीले आर्थिक सहायताका निम्ति एउटा अभियान नै सञ्चालन गर्नुभएको थियो । समाजका उपाध्यक्ष डिलाराम निउरेको नेतृत्वले बिरामी र बिरामीका परिवारलाई शुक्रबार भेटी करीब साढे चार लाख प्रदान ग-यो ।

समाजले हाल बाग्लुङ, गल्कोट नगरपालिका-५ स्थित हरिचौरमा ‘गल्कोट आँखा उपचार केन्द्र’का लागि एउटा पक्की भवनसमेत निर्माण गरिरहेको छ । -रासस

तपाईको प्रतिक्रिया