सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

टोकियो – जापानमा हिजो बिहिबार ८२ जना नयाँ संक्रमित थपिएका छन् ।

आज शुक्रबार बिहानसम्मको  तथ्यांकअनुसार जापानमा  ‘कोविड १९’ का संक्रमितहरुको संख्या १८  हजार ९२४ जना र  संक्रमणबाट ज्यान जानेको संख्या ९८४ (डाइमण्ड प्रिन्सेस क्रुज पानीजहाजका यात्रुहरुसहित) पुगेको जापानी स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयले जानकारी दिएको छ ।

यसैबीच जापानमा १६ हजार ९७८ जना निको भएर घर फर्किएका बताइएको छ ।

मन्त्रालयका अनुसार संक्रमित व्यक्तिहरु मध्ये ५९ जनाको स्थिति नाजुक छ ।

पछिल्ला केही दिनमा कोविड १९ का जापानमा संक्रमितहरुको संख्या बढ्दै गएको देखिन्छ।

बिहीबार पनि यो क्रम जारी नै रहेको छ ।

हिजो   ४८  जना थपिएपछि  टोकियोमा मात्र  संक्रमितहरुको संख्या ५ हजार ९४३ जना पुगेको शुक्रबार बिहान प्राप्त समाचारमा जनाइएको छ ।

त्यस्तै हिजो होक्काईदोमा ६ जना, चिवामा ४ जना, साइतामामा ११ जना, फुकुओकामा २ जना, खानागावामा ६ जना, ओसाकामा १ जना, क्योटोमा १ जना र एयरपोर्ट क्वारेन्टाइनमा ३ जनामा  संक्रमण देखिएको छ ।

यसैबीच हिजो बिहिबार खानागावामा दुई संक्रमितको निधन भएको छ  ।

 

 

तपाईको प्रतिक्रिया