Deneme Bonusu Veren Siteler
आइतबार, माघ ०६, २०८१
Sunday, January 19, 2025

काठमाडौँ – नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सका जहाजले विभिन्न मुलुकबाट कोभिड–१९ का कारण जोखिममा परेका नेपालीलाई उद्धार उडान गरी स्वदेश ल्याउँदैछन् ।

वर्गीकृत विज्ञापन

जापानबाट अमेरिका, अष्ट्रेलिया, क्यानडा...
जापानबाट अमेरिका, अष्ट्रेलिया, युके, क्यानडा, दक्षिण कोरिया लगायतका देशहरुमा जान परेमा भिजिट भिसाको प्रोसेसिङ गरिन्छ ।
सम्पर्क: 080-4150-5314

भिजिट भिसामा जापान....
के तपाई आफ्नो बाबुआमा वा आफन्तलाई भिजिट भिसामा जापान घुम्न बोलाउन चाहानुहुन्छ ? सहयोग चाहिएमा हामीलाई सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डिजाइन तथा प्रिन्ट सम्बन्धि सेवाका लागि
मेन्यू, चिरासी, साइनबोर्ड, भिजिटिङ कार्ड, ब्यानर, बनाउनु परेमा सुपथ मूल्यमा छिटो र छरितो सेवाका लागि सम्झनुहोला ।
सम्पर्क: 080-4150-5314

डकुमेन्ट ट्रान्सलेशन..
अङ्ग्रेजी, नेपाली, जापानी, हिन्दी लगायतका भाषामा भएका डकुमेन्टलाई एकबाट अर्को भाषामा ट्रान्सलेशन गर्नुपरेमा सेवामा हाँजिर छौं ।
सम्पर्क: 080-4150-5314

नेपाल एयरलाइन्सले आज कतारको दोहा, साउदी अरेबियाको रियाद र बहराइनमा चार्टर्ड गर्दैछ । यसका लागि निगमको जहाज दोहा र रियाद उडिसकेका छन् भने बहराइनको राति ९:०० बजे प्रस्थान गर्ने कार्यतालिका रहेको निगमले जनाएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवेन्द्र केसीका अनुसार नेपाल एयरलाइन्सले रियादबाट २४६ र दोहाबाट १४६ र तीन बालकको उद्धार उडानमार्फत स्वदेश ल्याउनेछ । निगमले शनिबार तीन अन्तर्राष्ट्रिय उडान गरेको थियो । निगमले विभिन्न मुलुकमा रहेका नेपाली ल्याउन जुन १५ देखि ३० सम्म उद्धार उडानको तालिका सार्वजानिक गरिसकेको छ ।

त्यस्तै हिमालय एयरलाइन्सको पूर्वनिर्धारित तालिका अनुसार मलेसियाको क्वालालम्पुर र पाकिस्तानको इस्लामावादबाट काठमाडौँ चार्टर्ड उडान गर्दैछ । एयरलाइन्सले अबुधावीबाट आज १५३ नेपाली ल्याउने उनले बताए ।

हिमालयले आगामी चार दिनसम्म निरन्तर नौ गन्तव्य मुलुकमा चार्टर्ड उडान उडान गरी नेपाली फर्काउने कार्यतालिका बनाएको छ । कम्पनीले सोमबार पाकिस्तान, माल्दिभ्स र दोहाबाट तीनवटा उडान गर्नेछ । अगामी मङ्गलबार अबुधावी, दमाम र कुवेतबाट उडान गर्नेछ भने बुधबार आबुधावी र दोहाबाट काठामाडौँ चार्टर्ड उडान गर्ने कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ ।

शनिबार एकै दिन १६ उडान भएका थिए । विभिन्न मुलुकबाट अलपत्र नेपाली फर्काउन अहिले धमाधम चार्टर्ड उडान जारी रहेको छ ।

तपाईको प्रतिक्रिया