शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

टोकियो – जापान, सामरिकरुपमा विश्वको सातौं शक्तिशाली र आर्थिकरुपमा तेस्रो  ठूलो अर्थतन्त्र रहेको देश हो ।

जापानको नाम सुन्नेबित्तिकै हामी सबैभन्दा पहिले समृद्ध एशियाली मुलुक भनेर चिन्ने गर्छौं।

प्रविधिको विकासलाई हेर्ने हो भने विश्वले निकै फड्को मारिसकेको छ । विश्वका शक्तिशाली मुलुकहरुले प्रविधिकै प्रयोग गरी आफूलाई अब्बल सावित गरिसकेका छन् । जसमा जापान अन्य मुलुकभन्दा प्रविधिमा आत्मनिर्भर छ ।

जापान नयाँ–नयाँ प्रविधिको कसरी आविष्कार गर्ने भन्ने कुरामा नै बढी केन्द्रित हुने गर्दछ । खाने, सुत्ने, उठ्ने र शौचालयसम्म र हरेक कामको सहजताका लागि जापानीहरु प्रविधिमा नै निर्भर छन् ।

यसैबीच विश्व आर्थिक फोरमद्वारा घोषित प्रविधिका  १०० अग्रगामीहरूको सूचीमा जापानको टोकियोमा रहेका  २ कम्पनी  Abeja Inc. र  CureApp Inc. समावेश भएका छन् ।

Abeja Inc. आर्टिफिसिएल इन्टेलिजेन्ट (एआई) अर्थात कृत्रिम बौद्धिकता सम्बन्धित प्रविधिका लागि परिचित छ ।

त्येस्तै CureApp Inc स्वास्थ्य सम्बन्धित मोबाइल एपहरुका लागि परिचित छ ।

उक्त सूची गत हप्ता घोषणा भएको हो ।

तपाईको प्रतिक्रिया