शनिबार, बैशाख २२, २०८१
Saturday, May 4, 2024

टोकियो – जापान, सिंगापुर र अजरबैजानको ग्रान्ड प्रिक्स कोराना भाइरसका कारण रद्द भएको छ।

फर्मुला वान (एफ वान) ले सन् २०२० अक्टोबर ९ देखि ११ सम्ममा प्रतियोगिता गराउनका लागि रहेको  तर कोरोना महामारीका कारण सिर्जित असहज अवस्थामा प्रतियोगिता गराउन नसक्ने उसले बताएको छ।

प्रतियोगिता जापानको मिएकेन स्थित सुजुका सर्किटमा हुने तय भएको थियो । जापानले अन्तर्राष्ट्रिय आवागमन बन्द गरेपछि प्रतियोगिता रद्द गर्नुपरेको हो। त्यस्तै सिंगापुर र बाकुमा भने बाटोमा यो सिजनमा सर्किट बनाउन नसकिने भएकाले प्रतियोगिता रद्द गरिएको हो।

यी प्रतियोगिता रद्द भयसँगै कोभिड–१९ का कारण एफ वानले तीन ठूला प्रतियोगिता गुमाएको छ। जापान र सिंगापुरको रेस विश्वका प्रतिष्ठित रेस हुन्।

 

तपाईको प्रतिक्रिया