मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

टोकियो । जापानमा कोरोना भाइरसको संक्रमण परिक्षण गर्ने मापदण्ड फेरिने भएको छ । यहाँको स्वास्थ्य, श्रम तथा कल्याण मन्त्रालयलाई उधृत गर्दै जापानी संचारमाध्यमहरुले यो खबर प्रकाशन गरेका छन् ।

हाल जारी व्यवस्था अनुसार जापानमा कोरोना संक्रमणको आशंका लागेमा स्थानीय स्वास्थ्य कार्यालयको परामर्श केन्द्रमा फोन गरि परामर्श लिनुपर्ने हुन्छ । परामर्शपश्चात कोरोना भाइरसको संक्रमण भएको हुनसक्ने देखिएमात्र पिसीआर टेष्ट गर्ने गरिएको छ । ४ दिनसम्म लगातार ज्वरो आएका व्यक्तिहरुलाई मात्र स्थानीय परामर्श केन्द्रहरुमा फोन गर्न भनिएको छ । विज्ञहरुले भने यो नीतिले स्वास्थ्य परामर्श आवश्यक परेकै व्यक्तिहरुले पनि सम्पर्क नचाहाने अवस्था सिर्जना भएको र यसलाई परिवर्तन गर्न जरुरी रहेको सुझाव दिएका थिए ।

अब तयार गरिने नयाँ मापदण्डमा अनुसार उच्च ज्वरोका साथसाथै स्वास्प्रश्वासमा समस्या र कडा थकान महशुष भएका व्यक्तिहरुलाई समेत परामर्श केन्द्रमा सम्पर्क गर्न भनिनेछ । कोरोना भाइरसको संक्रमणको जोखिममा रहने बृद्ध–बृद्धाहरुमा समेत ज्वरो, थकान, खोकी तथा स्वासप्रश्वासमा समस्याका सामान्य लक्षण देखिएमा समेत परामर्श केन्द्रमा सम्पर्क गर्न अनुरोध गरिनेछ ।***

तपाईको प्रतिक्रिया