मंगलबार, बैशाख २५, २०८१
Tuesday, May 7, 2024

टोकियो – कोरोना भाइरसका कारण देशबासीहरुमा परेको आर्थिक भारलाई कम गर्न जापान सरकारले दिने तयारी गरेको १० मान येन (एक लाख जापानी येन) का लागि अनलाइन फारम भर्ने तरिकाबारेको भिडियो सार्वजनिक भएको छ ।

जापान सरकारको क्वाबिनेट सचिवालय अन्तर्गत ‘माइ नम्बर सिस्टम’को आधिकारिक युटुब च्यानलमार्फत सो भिडियो सार्वजनिक गरिएको हो ।

स्मार्टफोनको प्रयोग गरि अनलाइनमार्फत फारम भर्न फोटो सहितको माइनम्बर कार्ड र सो कार्डलाई पढ्न सक्ने प्रविधि भएको स्मार्टफोन अनिवार्य आवश्यक हुन्छ र यसैगरि कम्प्युटरको प्रयोग गरि फारम भर्दा माइनम्बर कार्डका साथसाथै कम्प्युटरमा आइसी कार्ड रिडर डिभाइस समेत चाहिन्छ ।

अनलाइनमार्फत आबेदन सबै स्थानहरुमा खुल्ला भैसकेको छैन भने पेपर आवेदनको फारम पनि अधिकांश स्थानहरुमा पठाउने काम सुरु हुँदैछ ।

हेर्नुहोस् भिडियोः

स्मार्टफोनमार्फत फारम भर्ने तरिका

कम्प्युटरमार्फत फारम भर्ने तरिका

अनलाइन आवेदनका लागि लिंकः https://app.oss.myna.go.jp/Application/search

तपाईको प्रतिक्रिया