सोमबार, बैशाख २४, २०८१
Monday, May 6, 2024

काठमाडौं -अमेरिकी गायन रियालिटी शो अमेरिकन आइडलको १८ औं संस्करणमा नेपालका दिवेश पोखरेलले दमदार प्रस्तुती दिइरहेका छन्। अडिसन राउन्डबाटै अद्वितीय कलाकारको संज्ञा पाएका दिवेश उत्कृष्‍ट २० मा परेका छन्।

अर्थर गनका नामले चिनिएका दिवेशले स्टेजमा बब मार्लीको ‘इज दिस लभ’ बोलको गीत गाएका थिए। उक्त गीतले निर्णायकको मन जित्यो। दर्शकदीर्घाबाट ताली र हुटिङ चलिरहेको थियो भने निर्णायकहरूले तारिफ गर्दै एकदम मन परेको प्रतिक्रिया दिएका थिए। कार्यक्रममा उनको परिवार पनि उपस्थित थियो।

काठमाडौंमा जन्मेर पाँच वर्षदेखि अमेरिकामा बस्दै आएका दिवेशलाई निर्णायकले फरक परिचय बनिसकेको भन्दै प्रशंसा गरेका थिए।

अमेरिकन आइडलमा सुरुवातदेखि नै उनी निर्णायक एवं दर्शकको मन जित्‍न सफल भइरहेका छन्।

सानो हुँदादेखि नै संगीतप्रति आकर्षित भएका उनले पहिलो गितार आफ्नी आमामार्फत् पाएका थिए। त्यही गितार हातमा लिएर रेडियो, टिभीमा बजेका गीतहरू बजाउन थालेका थिए।

तपाईको प्रतिक्रिया