आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौँ – यतिबेला विश्वमा कोरोना भाइरसले आफ्नो संक्रमण बढाइरहेको छ । यसको प्रभाव भारतमा पनि तीव्र रूपमा बढिरहेको छ । यसै क्रममा बलिउड अभिनेता अक्षय कुमारले कोरोनाबाट पीडित भारतीयहरूको उपचार तथा रोकथामका लागि २५ करोड भारतीय रुपैयाँ सहयोग गरेका छन् ।

प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोना भाइरसबाट पीडितका लागि स्थापना गरेको प्रधानमन्त्री कोषमा अभिनेता अक्षय कुमारले यति ठूलो रकम प्रदान गरेका हुन् ।

२५ करोड रुपैयाँ सहयोगको घोषणा यी अभिनेताले ट्वीटरमार्फत गरेका हुन् । उनले ट्वीट गर्दै लेखेका छन्, ‘यो यस्तो समय हो, यतिबेला सबैका लागि हामीले केही गर्नुपर्ने समय भएको छ । यो अवस्थामा म आफ्नो बचत खाताबाट २५ करोड रुपैयाँको योगदान गर्न चाहन्छु । प्रधानमन्त्री नरेन्द्र मोदीज्यू, प्रधानमन्त्री कोषमा यो सहयोग प्रदान गर्न चाहन्छु, ज्यान भए त जहान हुन्छ ।’

यसरी यो सहयोग घोषणासँगै अभिनेता अक्षय कुमारले यो रकम प्रधानमन्त्री कोषमा प्रदान गरेका छन् । उनको यो सहयोगको अहिले निकै प्रशंसा भएको छ । प्रधानमन्त्री मोदीले घोषणा गरेको जनता कप्mर्युको पनि यी अभिनेताले खुलेर पशंसा गरेका छन् । उनले यो अवस्थामा खटिरहेका सम्पूर्ण चिकित्सक, नर्स र सुरक्षाकर्मीलाई पनि धन्यवाद दिएका छन् ।

तपाईको प्रतिक्रिया