आइतबार, बैशाख २३, २०८१
Sunday, May 5, 2024

काठमाडौं – पप तथा सुगम संगीतमा आधारित गीतहरु गाइरहेका गायक चेतन राईले पछिल्लो पटक एउटा यथार्थपरक गीतको म्युजिक भिडियोमार्फत दर्शक तथा स्रोतामाझ आएका छन् ।

आफ्नै आधिकारिक यूट्युब च्यानलमार्फत गायक राईले ‘मरेर के लानु छ…’ शीर्षकको गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

वास्तविकता तथा आत्यात्ममा आधारित उक्त गीतमा सूर्य रुम्बाको शब्द तथा संगीत छ । बिजेश्वर तण्डुकारले गीतमा संगीत संयोजन गरेका छन् ।
फराज अर्पणद्वारा निर्देशित उक्त गीतको म्युजिक भिडियो मर्मस्पशी बनेको छ । भिडियोमा अभिनेत्री सरिता लामिछाने मुख्य भूमिकामा छिन् । उनलाई आयान बज्राचार्य, प्रज्ञादीप राई तथा डा. सुबान्त के कुशुवाहले अभिनय साथ दिएका छन् ।

निर्देशक फराज अर्पणद्वारा नै छायांकन गरिएको उक्त म्युजिक भिडियोलाई निर्देशक अर्पणले नै सम्पादन पनि गरेका छन् ।

सन् २०१० मै पहिलो एल्बम ‘सेभेन’ सार्वजनिक गरिसकेका गायक राईको दोस्रो एल्बम ‘साउण्ड’ सन् २०१५ मा सार्वजनिक भएको थियो । उनको तेस्रो एल्बम ‘स्टेप’ यही वर्ष सार्वजनिक हुंदैछ । ‘मरेर के लानु छ’ गीत यही एल्बममा समावेश छ ।***

तपाईको प्रतिक्रिया